कैलालीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

Image

कैलाली – कैलालीमा माछा मार्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। भजनी नगरपालिका–१ मधुवन शिविरका ४० वर्षीय श्रीकृष्ण चौधरीको नालामा डुबेर मृत्यु भएको हो।

सोही ठाउँको बरदान चटिया नालामा माछा मार्दा सोमबार साँझ डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

2 ad new year 1

घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।