धनगढीका एक किशोर लागुऔषधसहित पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट धनगढीका एक किशोर लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट शून्य दशमलव शून्य ९ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय सुसिलसिंह राना पक्राउ परेका हुन्।

2 ad new year 1

मंगलवार दिउँसो प्रहरीले रानालाई लागुऔषधसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।