अत्तरिया – धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सईलाई बर्खास्त गरिएको छ । मेयर गोपाल हमालको निर्देशनमा नगर प्रहरी प्रमुख सई कृष्ण मल्ललाई सोमबार जागिरबाट हटाइएको हो ।
मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि नगर प्रहरीका सई मल्ललाई जागिरबाट हटाइएको बताइएको छ ।
प्रमुख प्रसाशकिय अधिकृत रामलाल श्रेष्ठले मल्ललाई सोमबार नै मल्ललाई बर्खास्त गरेर असई चेतराज जोशीलाई जिम्मेवारी दिएको बुझिएको छ ।
तर यता जागिरबाट हटाइएका सई मल्लले प्रशासनलाई बिदा माग्दा पनि नपाए बताए । उनले बिदा माग्दा पनि नपाएर सेकेन्डलाई वुझाइ कहिले काही काम परेपछि बिरामी भेट्न २(४ घण्टा राति जाँदाको निहुँ भएको बताए ।
एक बर्षमा एक दिन बिदा नलिई नगरपालिकाको काम गरेको तर कुरौटे कार्यालय सहयोगीको कुरा सुनेर आफूलाई जागिरबाट हटाएको उनको भनाई छ ।