Attariya Hospital Pvt.Ltd.

हरेक बिहान योगाभ्यास गर्न गृहका कर्मचारीलाई निर्देशन

padma
milan sunchadi

काठमाडौँ – गृह मन्त्रालयले मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई हरेक दिन विहान योगाभ्यास गर्न निर्देश गरेको छ।

मन्त्रालयले आज एक सूचना जारी गरी भनेको छ, ‘तहाँ महाशाखाअन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन विहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तिमा १५ मिनेट योगाभ्यास/ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन सादर अनुरोध गरिन्छ।’

अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई यसअघि प्रशिक्षण दिइसकिएको र अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोही अनुरुप योग/ध्यान गर्ने व्यवस्था र वातावरण बनाउन समेत अनुरोध गरिएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.