अत्तरिया – नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ।
कैलालीको लम्किचुहा नगरपालिका -२ चौरी निवासी उनको आज(बिहिवार) उपचारका क्रममा निधन भएको हो।माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको बताईएको छ ।