गोदावरीबाट लागुऔषधसहित एकजना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ९ सेहरीबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका वडा नम्बर ११ बेलादेवीपुर बस्ने ३५ वर्षीय हरिद्धारी राना भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटीएको प्रहरी टोलीले उनलाई बिहिबार साँझको समयमा पक्राउ गरेको हो ।

हिँडिरहेको अवस्थामा शंकालागी चेकजाँच गर्दा रानाको साथबाट १ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखीने धुलो पर्दाथ बरामद गरीएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।