जंगलमा डेटिङ बसेका अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेतलाई जिम्मेवारीबाट हटाईयो

Image

काठमाडौं – झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।

‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताए ।

घटना कार्यालय, कार्यालय समयमा नभएको भन्दै उनले कहाँ कहिले घटना भएको हो भन्ने पनि स्पष्ट नभएको बताए ।

उनले सिनियर अहेब समेत रहेका न्यौपानेसँग देखिएकी युवती को हुन् भन्ने पनि जानकारी नभएको बताए ।

उनले स्पष्टीकरण चित्त बुझ्दो नआए विभागीय कारबाहीका लागि सिफारिस गरिने बताए ।