एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

Image

काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।

प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले हराउँदै ढुंगेल अध्यक्ष निर्वाचित भएका हुन्। शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले ६९६ मत पाउँदा दाहालले ४३९ मत ल्याए।

nisarga

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार अपराह्नदेखि विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो। बेलुकी अबेर सम्पन्न निर्वाचनमा एक हजार १३५ मत खसेको थियो।

उपाध्यक्षमा दावा दोर्जे लामा विजयी भएका छन्। यसैगरी सचिवमा नवराज सिलवाल एक मतान्तरले विजयी भए। उनी ५६८ मतले विजयी हुँदा हस्त पण्डितले ५६७ मत ल्याए।

यस्तै खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा विजयी भएका छन्।