Attariya Hospital Pvt.Ltd.

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

padma
milan sunchadi

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिबारबाट चीनको औपचारिक भ्रमणमा रहेका थिए। उनले चीनको हाङजाउमा भइरहेको एसियाली खेलको उद्घाटन समारोहमा समेत भाग लिएका थिए।

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए।

Siddi ganesh

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव रहेका छन्।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.