एच आइ भि संक्रमितका असिमित संघर्ष,स्वास्थ्य सेवा सहज नभएको गुनासो

Image

अत्तरिया – कैलालीको गोदावरी नगारपालीकाकी अनु २२ वर्ष अघि एच आइ भिबाट संक्रमित भईन । उनलाई श्रीमानबाट एच आइ भि सरेको थियो । रोजगारीकालागी भारत आउजाउ गर्ने श्रीमान उतै संक्रमित भएर आएका थिए । एच आइ भि भन्ने रोगका बारेमा थाहा नै नपाएकी अनुलाई श्रीमान एच आइ भि संक्रमित भएको जानकारी त कहाँ हुन्थ्यो र । उसो त उनका श्रीमानलाई पनी आफु एच आइ भि संक्रमित भएको जानकारी थिएन् । भारतमै बिरामी परेर आएका उनी घर पुगेपछी थप थलीएका थिए ।

उपचारकालागी तत्कालीन सेती अञ्चाल अस्पताल पुगेपछी विभीन्न प्रकारका जाँच गर्दा उनमा एच आइ भि पोजेटिभ देखीयो । एच आइ भि पोजेटिभ भएको रिर्पोट डाक्टरले अनुको हातमा थमाईदिए जुन रिर्पोट उनलाई निकै भारी पर्यो । बिरामी श्रीमानलाई अस्पतालबाट घरसम्म ल्याउन पनी उनीसंग पैसा नभएपछी एक डाक्टरले नै उनलाई गाडिभाडा दिए । घर आएको केहि दिनमै श्रीमानको मृत्यु भयो । पाँच छोरीको लालनपालनको जिम्मेवारी उनी एक्लैको काँधमा पर्यो । बिस्तारै उनमा पनी एच आइ भिका विभिन्न लक्षणहरु देखिन थाले । एउटा सँस्थाको सहयोगमा आफु सहित पाँच छोरीको एच आइ भि जाँच गर्दा कान्छी छोरी र उनलाई पोजेटिभ देखीयो ।

nisarga

त्यसपछी अनुका थप संघर्षका दिन सुरु भए । एकातिर उनलाई आर्थीक अभावको मारले पेल्थ्यो भने अर्कोतिर समाजको छिछि र दुरदुरले । एच आइ भि संक्रमित भईसकेपछी समाजले धारामा पानी खान नदिएको,बाहिर लुगा सुकाउन नदिएको उनी अहिले पनी झल्झली सम्झीन्छिन् । “धेरै पटक मनमा आत्महत्याको सोच पनी नआएको होइन उनले भनीन् तर छोरीहरुको अनुहार अगाडि आँउथ्यो र पछी हट्थे ।” संक्रमितमध्य अनुकी कान्छी छोरीलाई अहिले प्यारालाइसिस भएको छ । जस्ले गर्दा अहिले उनी थप पिडामा छिन् ।

एक सँस्थाले दिएको रकमबाट घरमै सिलाईकटाईको पसल राखेकी छोरी नै प्यारालाइसिसबाट प्रभावित भएपछी अहिले उनलाई दैनिक खर्च जुटाउन समेत मुस्किल छ । एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ताबाटै आफुले गुजारा गर्दै आएको उनले बताईन् । एच आइ भि संक्रमितहरुले स्वास्थ्य सँस्थाहरुबाट सहजै स्वास्थ्य सेवा नपाएको उनको गुनासो छ । एच आइ भि संक्रमितहरुमाथी हुने विभेद पछील्लो समय केहि कम हुँदै गएको भएपनी सामाजिक कार्यमा भने विभेद कायमै रहेको अनुको अनुभव छ । एच आइ भि संक्रमितहरुकालागी सरकारभन्दा एनजिओ बढी सहयोगी बनेको उनी बताँउछीन् ।

एच आइ भि कै क्षेत्रमा काम गर्ने सँस्था मालाखेती प्लसकी अध्यक्ष समेत रहेकी उनी केहि वर्षदेखी एच आइ भि कै बारेमा जनचेतना जगाँउदै हिँड्छिन् । केहि समय अगाडिसम्म सरकारले एच आइ भि संक्रमितहरुकालागी पोषीलो खानेकुरा लिटो दिने गरेको भएपनी अहिले त्यो पनी बन्द भएको उनले बताईन् । सरकारबाट पाईने औषधीहरुपनी कम मुल्यका मात्रै स्वास्थ्य सँस्थामा उपलब्ध हुने र बढी मुल्य पर्ने औषधी आफैले किन्नु पर्दा समस्या भएको उनले गुनासो गरीन् ।

गोदावरी नगरपालीकाकै शिलु पनी करिब २० वर्ष अघि एच आइ भि बाट संक्रमित भईन् । उनी पनी रोजगारीकालागी भारत गएका श्रीमानबाटै संक्रमित भएकी हुन् । “जानकारी नै नभएको हुँदा संक्रमण भएको छोटो समयमै श्रीमानको मृत्यु भयो उनले भनीन् समाजका विभीन्न लान्छना सहेर पनी म त लामै समय बाँचे ।” यो २० वर्षको अवधीमा शिलुले भोगेको दुखको हिसाव छैन ।

“एकल महिला,त्यसमा पनी एचआइभि संक्रमित,नाबालक छोराछोरी हुर्काउँदा उनले गरेको संर्घषका बारेमा सम्झीदै भनीन्,घरमा कमाउने श्रीमान थिए बितिहाले,के खाने के लाउने भन्ने पिर त छँदै थियो, समाजले धाराको पानी पिउन दिएन,खोलामा लुगा धुन दिएन खुलेर हिँड्न बोल्न केहि पाईएन । समाजले गर्ने भेदभावकै कारण आफ्नो छोराले विद्यालय पढ्न समेत नमानेको उनले दुखेसो गरीन् । अहिले त एचआइभि संक्रमित व्यत्तिको हकहितकोलागी हिँड्ने गरेकी छु ।” औषधिसँगै संक्रमितलाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रर्वद्धन लगायतमा तिनै तहका सरकाले ध्यान दिनुपर्ने उनको भनाई छ । एचआईभिकै संक्रमणबाट आमा र बुवा दुवै गुमाएका बालबालीकालाई नागरिकता सहजै उपलब्ध गराईदिनुपर्ने उनको माग छ ।

धनगढीकी ४७ वर्षीय निरु २१ वर्षअघि श्रीमानबाट एच आइ भि संक्रमित भईन् । काखमा डेढ वर्षको छोरा थियो,एचआइभिकै कारण श्रीमानको मृत्यु भयो । बिस्तारै उनलाई पनी विभीन्न लक्ष्क्षण देखीए । त्यो समय एच आइ भि संक्रमितहरु खुलेर आफु संक्रमित हुँ भन्न सक्ने अवस्था थिएन् । धनगढीबाट नेपालगंज पुगेर जाँच गराँउदा उनमा पनी संक्रमण देखीयो । एच आइ भि संक्रमित भएको थाहा पाएपछी बस्दै आएको कोठाबाट निरुलाई घरबेटीले निकाले । त्यसपछी उनले सबैठाँउमा नखुल्ने निर्णय गरीन् ।

धनगढीकै अर्को ठाँउमा कोठा लिएर बसीन् । लगत्तै धनगढी नवकिरण प्लस भन्ने सँस्थामा काम गर्ने अवसर पाईन् । त्यसपछी उनको जिवनशैली केहि फेरीयो । समाजले गर्ने व्यवहारले बेला बेला मृत्युको मुखमा पुर्याएको उनी बताउँछीन् । “सन् २००६ तिरको कुरा हो समाजबाट अपहेलित हुने डरले कोहि पनी एच आइ भि संक्रमितहरु खुलेर हिँड्न सक्ने अवस्था थिएन उनले भनीन् त्यो बेला म धनगढी नवकिरण प्लस भन्ने सँस्थामा काम गर्दै आफ्नो कार्यक्षेत्रमा म यस्तो व्यत्ति हुँ भन्ने हिम्मत गरे तर घरबेटी र छरछिमेकमा भने कहिल्यै खुलीन् किनकी भाडाकै बास समेत नपाईएला भन्ने डर भयो ।” २० वर्ष अघि एड्सको चरणमा पुगीसकेकी उनी औषधीकै कारण अहिले एच आइ भि को चरणमा छन् ।

एच आइ भि को औषधी खाँदा पोषीलो आहार खानुपर्ने हुँदा त्यसको व्यवस्था सरकारले गरीदिनुपर्ने उनको भनाई छ । एच आइ भी संक्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकायले जनचेतना नफैलाएसम्म एच आइ भी संक्रमित समाजमा अपहेलित भएर बस्नुपर्ने अवस्था कायमै रहने उनी बताँउछीन् ।

कतिपय ठाँउमा समाजले थाहा पाए अपहेलित हुने डरले संक्रमितहरुले औषधी खान समेत नमान्ने अवस्था अझै रहेको भन्दै उनले समाजमा एच आइ भि को बारेमा समाजमा चेतना जगाउन आवश्यक रहेको बताईन् । राज्यले अन्य दिर्घरोगीलाई भत्ताको व्यवस्था गरेको भएपनी एच आइ भि संक्रमितलाई भने वेवास्ता गरेको उनीहरुको गुनासो छ । संक्रमितहरुलाई सिपमुलक तालिम प्रदान गरी स्वरोजगार बन्न सहयोग गर्नु स्थानीय सरकारको दाईत्व भएको उनीहरुको भनाई छ ।

माथी उल्लेख गरीएका सबै नामहरु परिवर्तित नाम हुन् ।