धनगढी – थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा विरविरबहादूर चौधरी विजयी भएका छन्। उनले आफ्ना प्रतिद्धन्दी दिलबहादूर चौधरीसँग ३ मतले पराजित गरेका हुन् । सभापतिमा विजयी भएका विरविरबहादूरले १५३ मत ल्याए। उनका प्रतिद्धन्दी दिलबहादूरले १५० मत ल्याएका छन्।
यस्तै सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले २ मत प्राप्त गरेका छन्। उपसभापतिमा विजयी भएका चुनीराम चौधरीले १८७ र अर्का विजयी उम्मेदवार लक्ष्मण चौधरीले १५६ मत ल्याएका छन्। तीन ओटा उपसभापति रहने व्यवस्था भएकोमा एक जना महिला सुस्मिता चौधरी पहिले नै निर्विरोध निर्वाचित भइसकेकी थिइन्।

यस्तै उपसभापतिका प्रतिद्धन्दी उम्मेदवार बतासु चौधरीले १३६ र मानविरबहादूर चौधरीले २० मत प्राप्त गरेका छन्। सचिवमा बुधराम चौधरीले १६० मत ल्याएर विजयी भएका छन्।
उनकी प्रतिद्वन्दी बसन्ती चौधरीले १४३ मत प्राप्त गरेकी छिन्। सहसचिवमा विनोद चौधरी विजयी भएका छन्। उनले १५२ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी रतन चौधरीले १२८ मन प्राप्त गरेका थिए। यस्तै कोषाध्यक्षमा दिव्य प्रियासी चौधरीले १६१ मत ल्याएर विजयी भएकी छिन्।
उनकी प्रतिद्वन्दी सुनिता चौधरीले १३६ मत प्राप्त गरेकी थिइन्। थारु कल्याणकारिणी सभा कैलालीले गत असोज ६ गते कैलारी गाउँपालिकाको हसुलियामा नवौ जिल्ला अधिवेशन सुरु भएको थियो। त्यो दिन उदघाटन कार्यक्रम र बन्दशत्र गरेर राति ११ बजेपछि चुनाव असोज १३ गते सारिएको थियो।