कैलाली र कञ्चनपुरबाट ११ लाख बढीका भन्सार छलीका सामान बरामद

Image
फाइल फोटो
maya metro

धनगढी – कैलाली र कञ्चनपुरबाट ११ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० बिद्युत कार्यालय अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको कपडा, ब्लुटुथ स्पिकर, प्लाष्टिकको कुर्ची लगायतका सामान र गड्डाचौकीबाट अन्दाजी १० लाख ६७ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा, सर्टको कपडा, ट्रेक सुट, जिन्स पाईन्ट, लेडिज सुट, मोबाइल कभर, चप्पल लगायतका सामान शनिवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

nisarga

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाहराबाट अन्दाजी १९ हजार ७ सय मूल्य बराबरको चिनी, सोडा, मिठाई, चकलेट लगायतका सामानहरु शनिबार प्रहरीले बरामद गरेको छ।