कहाँ हराए कैलालीको बडैपुर शिविरका दुई बालिका?

Image

अत्तरिया – कैलालीको बडैपुर शिविरबाट हराएका दुई बालिका दुई महिना पुग्नै लाग्दा पनि फेला परेका छैनन् । गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गते बेपत्ता भएका थिए । मुनाकी आमा पार्वती बोहराका अनुसार उनीहरु साउन २६ गते शुक्रबार दिँउसो साढे १ बजेको समयमा घर नजिकैको लिक्मा नदिमा नुहाउन गएका थिए ।

“नदीमा पानी थोरै थियो,घाम लागेको थियो चप्पल,लुगा किनारामा राखेर दुवैजना नुहाँउदै थिए, पार्वतीले भनीन् एकछिन नुहाएर आउ है भनेर म घर आए, करिब १ घण्टा बित्दा समेत नआएपछी हेर्न जाँदा दुवै जना त्यहाँ थिएनन्,न चप्पल र लुगा नै थियो ।” नुहाएर कहीँ एताउता गए होलान भनेर वास्ता नगरेको र साँझ सम्म पनि नआएपछी प्रहरीलाई खबर गरेको उनले बताईन् ।

nisarga

आफुहरुलाई राती ९ बजेको समयमा खबर आएको र सोहि राति देखी खोजीकार्य गर्दा पनि उनीहरु नभेटिएको ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरिक्षक गणेश बहादुर धामीले बताए । नदीमा करिब १५ दिनजति लगातार खोजीकार्य गर्दा पनि बालिकाहरु फेला नपरेको करिब ५० मिटर तल चप्पल भेटीएको उनको भनाई छ । नजिकका जंगलमा पनि खोजी गरेको उनले बताए ।

नदीमा नुहाउन गएको भनीएको ठाँउदेखी ११ किलोमिटर तलसम्म निरन्तर ८ दिनसम्म खोजीकार्य गर्दा पनी फेला पार्न नसकेकोे गौरीगंगा नगरपालीका वडा नम्बर ८ की अध्यक्ष करुणा चौधरीले बताईन् । “हामीले नेपाली सेना,ससस्त्र प्रहरी,गोताखोरको टोली बोलाएर पनी रातदिन नभनी खोजी गर्यौ, बालिकाहरुको पत्ता लागेन उनले भनीन् बालिकाका आफन्तले भने अनुसार नदीको धार परिवर्तन गरेर पनि खोजेका हौँ तर भेटीएनन् ।” उनीहरु नदीमै बगे वा कतै गए भन्ने समेत टुंगो नलाग्दा खोजी कार्यमा चुनौति थपीएको उनको भनाई छ । मुनाकी आमा पार्वती बोहरा आफ्ना छोरीहरु पानी थारै भएकोले नदीमा बगेको नभई कसैले ललाईफकाई बेपत्ता पारेको आशंकामा आफुहरु रहेको बताँउछीन् ।

आफ्नो एकमात्रै सन्तान हराएदेखी आफुहरु भावविह्वल भएको गौरीकी आमा गंगा ओलीले बताईन् । शारिरिक अपांगता भएकी उनले श्रीमानले गरेको ज्याला मजदुरीबाटै छाक टार्दै आएको भन्दै खोजीका लागि लामो समयसम्म धाउन आर्थीक श्रोत समेत नभएको बताईन् । उनीहरु सोहि ठाँउको त्रिपुरेश्वर प्रा वि मा अध्ययनरत थिए । विभीन्न निकायहरुले बालिकाको खोजी कार्य गर्दापनी हालसम्म फेला नपरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।