Attariya Hospital Pvt.Ltd.

महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

padma
milan sunchadi

कञ्चनपुर – महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्।

यौन दुर्व्यवहारको आरोपमा पाललाई यसअघि नै निलम्बन गरेर छानबिन गरिएको थियो। छानबिनपछि थप कारबाही हुने देखिएपछि पालले राजीनामा दिएका हुन्।

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप छ।

Siddi ganesh

प्रहरी प्रधान कार्यालयले घटनाको छानबिनका लागि डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएको थियो। समितिले पाललाई दोषि देखाउँदै प्रतिवेदन बुझाएको थियो।

महिला हवल्दारलाई एसएसपीले ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भनेको उजुरी परेको थियो।

सोही विषयका कारण बर्खास्तमा पर्ने डरले त्यसअघि नै पालले राजीनामा दिएका हुन्।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.