धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक आज आह्वान गरिएको छ । एक महिनाभन्दा बढी दिनसम्म अनिश्चित बनेको सभाको बैठक आज (मंगलबार) दिउँसो बोलाइएको हो ।
सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको छ ।
‘प्रदेश सभा सचिव देबबहादुर बोगटीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ- १६ गते मंगलबार दिनको १ः ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ ।’
आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।