Attariya Hospital Pvt.Ltd.

ह्युमन राइट्स अवार्डबाट उन्नती चौधरीसहित तीनजना पत्रकार सम्मानित

padma
milan sunchadi

धनगढी – विभिन्न विधामा सक्रिय तीनजना पत्रकार ‘ह्युमन राइट्स अवार्ड’ बाट सम्मानित भएका छन् । युरोपियन युनियनको सोमबार राजदूतावासमा आयोजित एक समारोहकाबीच तीनै जनालाई कदरपत्रसहित सम्मानित भएका छन् ।

अवार्डबाट कैलालीका पत्रकार उन्नती चौधरी, चाँदनी हमाल र आशिष मिश्र सम्मानित भएका हुन् । चौधरीलाई ‘कमलरी प्रथा, मुक्तिको इतिहास र वर्तमान’, वालविवाह विषयमा शसक्त रुपमा कमल चलाए बापत सम्मान गरिएको हो ।

विगत १७ वर्षदेखि संचार क्षेत्रमा रहेकी चौधरी हिमाल खबरमा रिर्पोटिङ गर्छन् भने केर्नीन्यूज डटकम अनलाइनकी संचालिका पनि हुन् । त्यस्तै, हमाल गोरखापत्र दैनिक र मिश्र द राइजिङ नेपालमा कार्यरत छन् ।

Siddi ganesh

समारोहमा नेपालका लागि युरोपियन सङ्घकातर्फबाट नवनियुक्त राजदूत भेरोनिक लरेन्जोले कदरपत्रसहित सम्मान प्रदान गर्दै तीनै जना पत्रकारको भूमिकाको उच्च सम्मान गरेकी थिइन् ।

satyawati

तीनै जना पत्रकारलाई पुरस्कारस्वरुप ईयूले आउँदो साता युरोपको शैक्षिक भ्रमणमा बेल्जियम लग्ने भएको छ । युरोप भ्रमणबारे तीनै जना पत्रकारलाई जानकारी समेत दिइएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.