Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा भूकम्पमा परेर एक जनाको मृत्यु, २७ घाइते, सयाैँ घर भत्किए

padma
milan sunchadi

अत्तरिया – मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ । टिमुर टिप्न  गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखलगाउँकी ४० वर्षीया गुनमति धामीको शव आज (बुधबार) फेला परेको हो ।

पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घाइतेको संख्या २७ पुगेको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ । यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्काएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै ३०१ घरमा आशिंक क्षति पुगेको बताइएको छ ।

Siddi ganesh

रातभर धक्का

satyawati

झाङमा गए राति चारपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रबिन्दु भएर चारपटक भूकम्प गएको हो । केन्द्रका अनुसार गएराति १२ : १६ बजे ४.१, १२ :५० मा ४.३ , बिहान ४:२७ बजे ४.३ रेक्टर र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

मंगलबार दिउँसो पनि बझाङ केन्द्रबिन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५ र ५ रेक्टर स्केलका गरी आठपटक भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए । भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा महसुस गरिएकाे थियाे । धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.