अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् ।
वडा नम्बर ५गेटा स्थित खुना टोलबाट २५ वर्षीय हरि कुमार खुना पक्राउ परेका हुन् ।
बुधबार (आज)प्रहरी चौकि गेटाबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट १३० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरेको हो ।
खुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।