गोदावरीमा एमाले प्रतिनिधि चयनको लागि भएको मतदानको गणना शुरु

Image

अत्तरिया – नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश अधिवेशनमा कैलालीको गोदावरी नगरपालिकाबाट सहभागी हुने प्रतिनिधि चयनको लागि भएको मतदानको मतगणना शुरु भएको छ । गणना केही बेर अघिबाट गोदावरी २ वनखेतमा मा रहेको एमालेको पार्टी कार्यालयमा  शुरु भएको हो ।

मतदान भएको २ दिनपछि मतगणना हुन लागेको हो । मतदान सकिनै लाग्दा प्रदेश अध्यक्ष दामोदर भन्डारीले मतगणना नगर्न सहजकर्तालाई पत्र मार्फत निर्देशन दिएपछि रोकिएको थियो ।

निर्वाचनको प्रक्रिया नमिलेको भन्दै एमाले गोदावरी भित्रैकै एक पक्षले निर्वाचनमा सहभागिता नजनाई उजुरी गरेपछी प्रदेश अध्यक्ष दामोदर भन्डारीले मतगणना नगर्न सहजकर्तालाई पत्र मार्फत निर्देशन दिएका थिए । त्यसपछी मतपेटिका ईलाका प्रहरी कार्यालय मालाखेतीमा लगेर राखीएको थियो ।

मतदानमा ५७७ मत खसेको थियो । एमालेको सुदुरपश्चिम प्रदेश अधिवेशन असोज २१ र २२ गते धनगढीमा हुँदैछ।