दार्चुला – दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जादै गरेको से१ ख १२५२ नम्बरको मिनि ट्रक बिहीबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुार दुर्घटनामा परेर ट्रकमा सवार दुँहु गाउँपालिका वडा नम्बर ३ ब्रहमदेब बस्ने अन्दाजि ४५ वर्षीय करन सिंह बोहराको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रक करिब चार सय मिटर तल महाकाली नदी किनारामा खसेको छ । ट्रक चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।