धनगढीका मेयर हमाल अस्वस्थ

Image

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भारतको हल्द्धानीमा उपचार गरेर धनगढी फर्किएका हमाल घरमा आराम गरिरहेका छन् ।

मेयरको सचिवालयकाअनुसार ब्लड प्रेसरको समस्या देखिएपछि हल्द्धानी गएका हमाल उपचार गरेर धनगढी फर्किएका हुन् । डाक्टरको सल्लाहबमोजिम उनी बेड रेस्टमा छन् ।

2 ad new year 1

भारतमै उपचार गराउने बेलाको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले हमालको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् ।

उनको सचिवालयले स्वास्थ्यमा जटिल खालको समस्या नभएकाले सहानुभूतीका लागि सबै शुभेच्छुकहरुलाई धन्यवाद समेत दिएको छ ।