Attariya Hospital Pvt.Ltd.

धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारु

padma
milan sunchadi

धनगढी – पाँच महिनादेखि रोकिएको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारु भएको छ ।

गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।

समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको जानकारी दिए । उनकाअनुसार अबदेखि तीनै जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ । खड्काले प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने बताए ।

Siddi ganesh

समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरिएको जनाएको छ । बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ । समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.