अत्तरिया – कैलालीको गोदावरीबाट चरेससहित एकजना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरीबाट ३ किलो ५ सय ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीपक्राउ परेका हुन्।
उनलाई बिहीवार राति ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डलेपक्राउ गरेको जनाएको छ।
धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेश फेला पारी नियन्त्रणमा लिइएको छ।
धामी र मोटरसाइकललाई नयन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।