अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी होटल व्यवसायी संघको छैठौं साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सँस्थाकि अध्यक्ष धना देवि चोखालको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका उधोग,पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसदहरू तुलसि देवकोटा र माया विष्टकोपनि उपस्तिथि रहेको थियोे ।
कार्यक्रममा होटल व्यवसायी महासंघका,केन्द्रिय सदस्यहरु,कैलाली कंचनपुरका जिल्ला अध्यक्ष एवम् पदाधिकारीहरु,विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । संघले आजै चुनावी अधिवेशन पनि गर्दै छ ।