अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी होटल व्यवसायी संघकोनायक कार्यसमिति चयन भएको छ ।
शनिबार सम्पन्न भएको सँस्थाको छैठौं साधारणसभालेले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा नमस्ते होटलका संचालक लक्ष्मण धामी चयन भएका छन् ।
संघको उपाध्यक्षमा बिस्ना देवि बोहरा,महासचिवमा रविन्द्र खड्का,सचिवमा दिल बहादुर खत्री र कोषाध्यक्षमा लाल बहादुर धामी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा निर्मला पन्थि,सितादेवि चुनारा,तिलक ओलि,अमिन सिंह धामी,रुपादेवि गौतम,कलक सिंह धामी,नारायण बोहरा,पवित्रा भण्डारी र डल्लु रानामगर चयन भएका छन् । उनीहरुले आजै सपथग्रहण पनि गरेका छन् ।