अत्तरिया – सुदूरपश्चिम प्रदेशका उघोग,पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले कैलालीको अत्तरिया क्षेत्रका होटलमा दुना टपरीको प्रयोग बढाउन आग्रह गरेका छन् । दुना टपरीको प्रयोग गर्दा अन्य थुप्रै व्यत्तिले रोजगारी पाउने सम्भावना समेत रहने उनले बताए । प्लास्टिक वा अन्य भाँडाकुँडाको सट्टामा स्थानीय ठाँउमा उत्पादन हुने दुना टपरीको प्रयोग गर्न उनले अत्तीरया क्षेत्रका होटल व्यवशायीहरुलाई आग्रह गरे । गोदावरी होटल व्यवशायी संघको छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै मन्त्री धामीले पछील्लो समय अत्तरियामा सुविधा सम्पन्न होटलहरु बढ्दै गएको भन्दै खुसी व्यत्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री धामीले पर्यटन प्रवद्धन .संग होटल व्यवशाय प्रत्यक्ष जोडिने हुँदा होटलमा आउने पर्यटकहरुप्रति होटल व्यवशायीहरुले गर्ने सत्कार उत्कृष्ट हुनुपर्ने बताए । सुदूरपश्चिममा पर्यटन प्रर्वद्धनकालागी प्रचुर अवसर रहेको भन्दै मन्त्री धामीले पर्यटन प्रर्वद्धनकालागी आफु लागी परेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटाले पछील्लो समय होटल व्यवशायबाट थुप्रै महिला पनी स्वरोजगार बनेको बताईन् ।

“पछील्लो समय अत्तरिया क्षेत्रमा पनी थुप्रै महिला दिवि बहिनीहरु होटल सञ्चालन गरेर स्वरोजगार बन्नुभएको छ उनले भनीन् उहाँहरुको क्षमता अभिवृद्धीकालागी हामी पनी आफ्नो तर्फबाट पहल गर्नेछौँ ।” कार्यक्रममा आफ्नो भनाई राख्दै सुदूरपश्चिम प्रदेशकी सांसद खेमा देवी विष्टले होटल व्यवशायीहरुका समस्या समाधानकालागी आफ्नो सँधै सहयोग रहने बताईन् । “पेशागत समस्याका बारेमा यहाँहरुले सँस्थागत रुपमा जानकारी गराउनुहोला उनले भनीन् ति समस्या समाधानकालागी हामीले कहाँ के गर्नुपर्छ गर्नेछौँ ।” उनले होटल व्यवशायीले सभ्य समाज निर्माणमा पनी उत्तिकै ध्यान दिनुपर्ने बताईन् ।
साधारण सभामा आफ्नो भनाई राख्दै कार्यक्रमकी सभापति एवम् गोदावरी होटल व्यवशायी संघकी अध्यक्ष धना देवी चोखालले होटल व्यवशायमा महिलालाई थुप्रै चुनौतिहरु रहेको बताईन् । होटल भन्ने बित्तिकै मानीसको बुझाई नै अर्कै हुन्छ उनले भनीन् यस्ता खराब मानसिकता भएका व्यत्तिहरुलाई छेउ लगाएर हामी अगाडि बढ्नुपर्छ । होटल व्यवशायी महासंघकी उपाध्यक्ष समेत रहेकी उनले होटल व्यवशायीको क्षमता अभिवृद्धी गर्न सम्बन्धीत निकायलेपनी सहयोग गर्नुपर्ने बताईन् ।
२०७४ सालमा स्थापना भएको गोदावरी होटल व्यवशायी संघमा हाल करिब ५०० सदस्य रहेका छन् । संघको तेस्रो अधिवेशनबाट आजै नयाँ कार्यसमिति पनी चयन भएको छ । अध्यक्षमा नमस्ते होटलका संचालक लक्ष्मण धामी चयन भएका छन् ।संघको उपाध्यक्षमा बिस्ना देवि बोहरा,महासचिवमा रविन्द्र खड्का,सचिवमा दिल बहादुर खत्री र कोषाध्यक्षमा लाल बहादुर धामी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा निर्मला पन्थि,सितादेवि चुनारा,तिलक ओलि,अमिन सिंह धामी,रुपादेवि गौतम,कलक सिंह धामी,नारायण बोहरा,पवित्रा भण्डारी र डल्लु रानामगर चयन भएका छन् । उनीहरुले आजै सपथग्रहण पनि गरेका छन् । साधारणसभामासुदूरपश्चिम प्रदेशका सांसदहरू तुलसि देवकोटा र माया विष्टको उपस्थिति रहेको थियोे ।
त्यस्तै होटल व्यवसायी महासंघका उपाध्यक्ष विरमञ्जन बटाला,केन्द्रिय सदस्यहरु, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा होटल व्यवशायी संघ कैलालीका अध्यक्ष केशव पाण्डे, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्यहरु, कैलाली कंचनपुरका जिल्ला अध्यक्ष एवम् पदाधिकारीहरु,विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । विविध क्षेत्रमा योगदान पुर्याएका व्यत्तिहरुलाई सम्मान कार्यक्रममा सम्मान गरीएको थियो ।