अत्तरिया – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन आज बाट सुरु हुँदै छ । अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउने भएका छन्। धनगढीमा तीन दिनसम्म चल्न प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली र महासचिव शंकर पोख्रेल लगाएतका नेताहरु धनगढी आउने भएका हुन।
सुदूरपश्चिममा ६७५ प्रतिनिधिको सहभागिता रहने एमालेले बताएको छ। प्रथम प्रदेश अधिवेशनका लागि छनौट भएका ९ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेका छन्। उनले १२ बजे भित्र प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु हुने बताईएको छ । । प्रदेश अधिवेशनमा आर्थिक र राजनीतिक प्रतिवेदन पेसपछि नयाँ कमिटि चयनको प्रक्रिया सुरु हुने छ।
अधिवेशनमा ओलीसँगै पार्टीका महासचिव पोखरेल, पार्टीका सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वर्मा, स्थायि कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरुको सहभागिता रहने प्रदेश कमिटिले जनाएको छ।