Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट ३ लाख मुल्य बराबरका अवैध सालका कडी बरामद

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर -८ बाट ठुलो संख्यामा काठ बरामद गरिएको छ ।

आज( आइतबार ) बिहान ४ बजेको समयमा  गोदावरी -८ सुर्योदय सामुदायिक वनक्षेत्रबाट ईलाका प्रहरी कार्यालय मालाखेतिबाट प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमान्डमा खटिएको टोलिले ३ लाख मुल्य बराबरका १०७ थान सालका कडी सहित सु प प्र १००१ ख ३१५७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रक साहु वडा नम्बर ८ का देवराज भट्ट ,काठ साहु वडा नम्बर ८ स्याउलेका मदन छेडाल र चालक बैतडीका सिद्धराज भट्टलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.