Attariya Hospital Pvt.Ltd.

कंचनपुरमा फरुवा प्रहारबाट छोराले गरे बुवाको हत्या

padma
milan sunchadi

अत्तरिया – कञ्चनपुरका एक युवाले फरुवा प्रहार गरेर बुवाको हत्या गरेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

हेमन्तले फरुवा प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

Siddi ganesh

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतवार बिहान फरुवा प्रहार गरेका हुन्।

satyawati

हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ।

प्रहरीको टोलीले घटनाको विवरण सङ्कलन गर्दैछ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.