Attariya Hospital Pvt.Ltd.

एमाले सुदूरपश्चिममा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास

padma
milan sunchadi

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास थालेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।

ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको जिम्मेवारी दिएर काठमाडौं फर्किएका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।

Siddi ganesh

धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।

satyawati

पार्टी अध्यक्ष ओलीले काठमाडौं फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षी र नेताहरुलाई राखेर सहमति गरेर अघि बढ्न निर्देशन दिएका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।

अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेर समेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए ।

तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरुले बताएका छन् ।

बन्द सत्र आज बिहान ८ बजेदेखि सुरु गर्ने तय गरिएको थियो । तर, नेताहरू सहमतिको प्रयासमा लागेपछि सुरु हुने अनिश्चित भएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.