इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई दुई लाख रकम दिने प्रदेश सरकारको निर्णय

Image

धनगढी – इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई/दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ।

मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरेको छ।