Attariya Hospital Pvt.Ltd.

चिसापानी–अत्तरिया सडकखण्ड मर्मत गरिँदै

padma
milan sunchadi

अत्तरिया – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कैलालीको चिसापानी–अत्तरिया सडकखण्डको मर्मत कार्य अघि बढेको छ । सडकखण्ड ठाउँठाउँमा भत्किएर जीर्ण बन्दै गएपछि सो सडकखण्डको मर्मत कार्य अघि बढेको हो । चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडकलाई तिन खण्डमा विभाजन गरी मर्मतको काम अगाडि बढाईएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी पियुष चटौतले बताए । उनका अनुसार अत्तरियादेखी कान्द्रा पुल सम्म, त्यसैगरी कान्द्रा पुलदेखी लम्कीसम्म पट्के मर्मत गरिदैँ छ भने लम्कीदेखी चिसापानीसम्मको सडकखण्डमा आवधिक मर्मत गरिँदै छ ।

२०८० पुष १ गते काम सम्पन्न गर्नेगरी पट्के मर्मतको ठेक्का न्यु कुमारी कन्ट्रक्सन कैलालीले लिएको छ । अत्तरियादेखी कान्द्रा पुल सम्म ३० लाख ४६ हजार तथा कान्द्रा पुलदेखी लम्कीसम्म ३१ लाख रुपैँयामा २०८० असोज १ गते पट्के मर्मतको ठेक्का सम्झौता भएको सुचना अधिकारी चटौतले बताए । त्यस्तै आवधीक मर्मतको ठेक्का सिस्ने कन्ट्रक्सन प्रा ली काठमाडौँले लिएको छ । २०८० मंसिर १९ गते सम्पन्न गर्नेगरी ६ करोड ८५ लाख रुपैँयामा गत असार १९ गते कन्ट्रक्सनले ठेक्का लिएको हो ।

अत्तरियादेखी लम्कीसम्मको सडकखण्ड २०७५ फागुनदेखी २०७९ जेष्ठ सम्म पाईलटिङ प्रोजेक्ट अन्र्तगत आवधिक मर्मत गरेको थियो । देशको राष्ट्रिय राजमार्ग मानीने यो राजमार्ग खाल्डाखुल्डीका कारण जोखिमपुर्ण अवस्थामा रहेको छ। लामो समयसम्म स्तरोन्नति हुन नसकेका कारण राजमार्गमा खाल्डैखाल्डा रहेका छन् भने ठाँउठाँउमा भत्किएको छ । पाइैलैपच्छिेका खाल्डाका कारण दुर्घटनाको जोखिम पनी उत्तिकै छ ।

Siddi ganesh

त्यस्तै अत्तरिया देखी चिसापानीसम्मका चार ठाँउका ८ कल्भर्टको पनि स्तरोन्नती गरीँदै छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले चार ठाँउका ८ ओटा कल्भर्टको स्तरोन्नती गर्न लागेको हो । दुई ठाँउ लम्की र अत्तरियाको वनखेतका चार ओटा कल्भर्टको चन्द्र ग्रुप एण्ड कम्पनीले २०७९ वैशाख २ गते ठेक्का लिएको थियो । कम्पनीले १ करोड २६ लाख ८ हजार ९८५ रुपैँयामा ठेक्का लिएको थियो ।

जुन ठेक्काको सम्झौता गत चैत्रमा सकिएको छ भने काम अझै सम्पन्न हुन सेकेको छैन । त्यसैगरी गोदावरी नगरपालीकाको दुई ठाँउ लालपुर र स्याउलेका चार ओटा कल्भर्टको काम आर के निर्माण सेवाले गरीरहेको छ । आर के निर्माण सेवाले २०८० वैशाख ५ गते ठेक्का पाएको हो । १ करोड ८ लाख २९ हजार ६७ रुपैँयामा ठेक्का पाएको आर के निर्माण सेवाको साउन १ गते सम्म ठेक्का अवधी रहेको थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.