Attariya Hospital Pvt.Ltd.

गोदावरीमा नदीजन्य पर्दाथ उत्खनन् तथा बिक्रिकालागि दोस्रोपटक पनि परेन ठेक्का

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रिकालागि ठेक्का आह्वान गरेको दोस्रोपटकको समयावधी पनि सकिएको छ । दोस्रोपटक गोदावरी नगरपालिकाले असोज ७ गते १५ दिने सुचना जारी गरेको थियो । हिजोसम्म रहेको सो अवधीमा कसैको पनी आवेदन नपरेको नगरपालिकाले जनाएको छ। एक सूचना जारी गर्दै नगरपालिकाले खुटिया, गोदावरी र खैरानाको नदीजन्य पदार्थ उत्खनन्कालागि लागी ठेक्का आह्वान गरेको थियो ।

पहिलो पटक नगरपालिकाले भदौ ६ गते १ महिने सुचना जारी गरी ठेक्का आह्वान गर्दा ठेक्का नपरेपछी नगरपालिकाले दोस्रो पटक ठेक्का आह्वान गरेको थियो । तर दोस्रोपटक पनि ठेक्का नपरेका कारण नियमानुसार अब ७ दिने सुचना जारी गरीने नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् । नगरपालिकाले खुटियाको लागि न्युनतम ८ करोड ७६ लाख ७ हजार ७२८ रुपैयाँ निर्धारण गरेको छ । यस्तै खैराना र गोदावरी नदीको लागि न्युनतम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ निर्धारण गरेको छ ।

विकास निर्माणका काम पनि ठप्प भएको र नजिकका पालिकाले नदीजन्य पर्दाथको ठुवानी सुरु गरीसकेको हुँदा आजबाट ढुवानी पनी सुरु गरीएको नगरपालिकाले जनाएको छ । ठेक्का नलाग्दासम्म नगरपालिका आफैले रोयल्टी संकलन गर्ने नगर प्रमुख भट्टले बताएका छन् । “विकास निर्माणका काम पनी ठप्प भए,वरीपरीका पालिकाले पनी ढुवानी सुरु गरीसकेका छन् उनले भने त्यसैले आजबाट हामीले पनि बाध्य भएर ढुवानी सुरु गरेका छौँ,यता बोलपत्र आह्रवानको प्रक्रिया पनी निरन्तर रहन्छ ।”

Siddi ganesh

असोज सकिँदासम्म नदीजन्य पर्दाथ उत्खनन्को कार्य सुरु नभएको भन्दै ट्याक्टर व्यवशायी पनी आन्दोलीत भएको हुँदा बाध्य भएर ढुवानी सुरु गर्नु परेको उनको भनाई छ । ट्याक्टर व्यवशायीले अर्कोतिर शुल्क चर्को भएको भन्दै विरोध जनाईरहेका छन् । अवरोधका कारण खुटिया नदीमा भने उत्खननको काम सुरु नगरिएको स्याउले खुटिया ट्याक्टर व्यवशायी समितिका अध्यक्ष करन बोगटीले बताएका छन् । शुल्क घटाएर उत्खनन् सुरु गर्नुपर्ने आफुहरुको माग रहेको उनको भनाई छ । शुल्क नघटेसम्म खुटियाबाट नदीजन्य पर्दाथ उठाउन आफुहरुले नदीने उनले बताएका छन् ।

satyawati

उता गोदावरी नदीमा जथाभावि उत्खनन् गर्दा बस्ती जोखिममा परेको भन्दै वडा नम्बर २ तेघरी बासीले पनी विरोध जनाईरहेका छन् । बाढीले क्षति गरेको ठाँउमा तट्बन्धन गर्नुपर्ने माग गरीएको स्थानीय विवश ओलीले बताए । टोलबासी सबै बसेर छलफल गरीरहेका छौँ,नदीले क्षति पुर्याएको ठाँउमा तट्बन्धन गर्नुपर्ने हामीहरुको माग हो, उनले भने । गत आर्थिक वर्षमा पनि नगरपालिकाले पटक पटक ठेक्का आह्वान गरेको भएपनी ठेक्कामा गएको थिएन । पछि नगरपालिकाले आफ्नै कर्मचारी राखेर नदीजन्य पदार्थको रोयल्टी संकलन गरेको थियो । यसवर्ष पनि ठेक्कामा जाने सम्भावना न्युन देखीएको व्यवशायीले बताएका छन् ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.