टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

Image
maya metro

धनगढी – कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्।

nisarga

सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको हो।