Attariya Hospital Pvt.Ltd.

एएमआर ‘सुस्त महामारी’ कसरी रोक्ने ?

padma
milan sunchadi

पृथ्वीको उत्पति करिब चार अर्ब वर्ष अगाडि भयो भनेर वैज्ञानिकहरुले भनेका छन् । पृथ्वी सेलाएपछि पहिलो पटक देखापर्ने जीवित प्राणीहरु भनेका सुक्ष्म जीवाणुहरू नै हुन् । यी जीवाणुहरू करोडौं वर्ष अगाडिदेखि पृथ्वीमा छन् । यी जीवाणुहरु एक कोषीयबाट सुरु भएका छन् । कतिपय हाम्रो नाङ्गो आँखाले देख्न सकिँदैन । माइक्रोस्कोपको माध्यमबाट मात्रै देख्न सकिन्छ ।

उत्पत्ति भइसकेपछि सबैभन्दा लामो समयसम्म जीवाणु नै बाँचिरहेका छन् । अहिले पनि तिनै जीवाणुहरु छन् । यी जीवित जीवाणुहरु अथवा जनावरहरु आउने क्रममा मानिसहरु धेरैपछि अर्थात् करिब तीन लाख वर्ष अगाडि मात्रै पृथ्वीमा आएको अनुमान गरिन्छ ।

कतिपय जीवाणुहरु सबै ठाउँमा बाँच्न सक्ने अवस्था छ । जस्तै कुनै कुनै त आकाश, पानी र जमिन सबैतिर छन् । यस्तै अन्टार्टिका जस्तो महादेशमा मान्छे बाँच्न सक्दैन तर जीवाणु बाँचेको अवस्था छ । यस्तै रेडियोएक्टिम मटेरियलमा पनि जीवाणु बाँचेको अवस्था छ । तातो पानीमा पनि सुक्ष्म जीवाणु बाँचेको अवस्था छ ।

Siddi ganesh

त्यसले गर्दा सुक्ष्म जीवाणुलाई एक्ट्रिमोफाइल भनिन्छ । यो भनेको जस्तोसुकै तापक्रममा र जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सक्ने भनिएको हो । जुन कि मानिस बाँच्न सक्दैनन् ।

satyawati

यी सुक्ष्म जीवाणुहरु कतिपय राम्रा खालका (बेनिफिसियल) पनि छन् । कतिपय सुक्ष्म जीवाणुहरु रोग लगाउन सक्ने खालका पनि छन् । कतिपय भयंकर रोगहरु सुक्ष्म जीवाणुकै कारण हुन्छ । भाइरस छन्, ब्याक्टेरिया छन्, फंगल्स ढुसी छ र प्यारासाइट भन्ने सुक्ष्म जीवाणु छन् ।

यी जीवाणु मार्न एन्टिमाइक्रोबियल औषधि (एन्टिबायोटिक) प्रयोग गरिन्छ । एउटा सुक्ष्म जीवाणुले अर्को सुक्ष्म जीवाणुलाई मार्नका लागि पैदा गर्ने तत्वलाई हामी एन्टिबायोटिक भन्छौं । त्यो औषधि पृथ्वीमा थियो । यिनीहरु पहिले नै सुक्ष्म जीवाणुसँगै एक्सपोज भइसकेका छन् । त्यो कारणले गर्दा उनीहरुमा फेरि पनि एक्सपोज हुनेवित्तिकै एन्टिबायोटिक औषधिको रेजिस्टेन्स छिटोछिटो भएर आउँछ । त्यसैले, एन्टिबायोटिक औषधिहरुलाई बचाइ राख्नुपर्ने अवस्था छ ।

एन्टिबायोटिक नेचरबाट लिएर पहिलो पटक सन् १९२८ मा पेनिसिलियन नोटाटम भन्ने एउटा फंगल्स (ढुसी)बाट औषधि ल्याइयो । र, यो औषधिले दोस्रो विश्वयुद्धताका १९४० तिर धेरै भन्दा धेरै सैनिकको ज्यान जोगाएको थियो । त्यसैले, यसलाई मिराकल ड्रग पनि भनिन्थ्यो । त्यसको चार वर्षपछि नै एन्टिबायोटिक रेजिस्टेन्स आयो । त्यसपछि मिथिसिलिन, बिटाल्याक्टोन आयो र त्यसमा पनि रेजिस्टेन्स आयो । अहिले सबै एन्टिबायोटिकहरु रेजिस्टेन्स आइसकेको अवस्था छ ।

उदाहरणको लागि त्योभन्दा माथिको भेन्कोमाइसिन भन्ने ड्राइकोपेट्राइट ड्रग छ । त्यो पनि रेजिस्टेन्स आएको छ । त्यो भन्दा माथिको सिनर्सिट लाइनोजोलिट भन्ने औषधि पनि रेजिस्टेन्स आइसकेको छ । अहिले हामीसँग धेरैभन्दा धेरै औषधिहरुले काम गर्न नसक्ने अवस्था भइसकेको छ ।

त्यसैले, आममानिसलाई ठूलो चुनौती छ । विश्वव्यापी रूपमा सबै एन्टिबायोटिक रेजिस्टेन्स आयो भने एउटा सामान्य घाउचोटले पनि मानिसको मृत्यु हुन सक्छ ।

तथ्याङ्कको प्रक्षेपण हेर्ने हो भने कोभिड १९ ले तीन वर्षमा जति मानवको क्षति गरेको छ, त्यो भन्दा बढी क्षति मल्टि ड्रग रेजिस्टेन्स डिजिजको कारणले मानिसको मृत्यु भइरहेको तथ्याङ्क छ । यो भयावह हो । यसले विश्वव्यापी रूपमा सुस्त महामारी ल्याइसकेको छ ।

कतिपय लेखक र वैज्ञानिकहरुले गरेको प्रक्षेपणअनुसार यसलाई हामीले नियन्त्रण गर्न सकेनौं भने सन् २०५० सम्ममा प्रत्येक वर्ष १ करोड मानिसको यही कारण मृत्यु हुनेछ ।
सन् २०३० सम्ममा २ करोड बढी मानिसहरु चरम गरिबीमा धकेलिने छन् । यसले मानिसलाई मात्रै असर गर्दैन, पशु, कृषि र वातावरणलाई पनि असर गर्छ । त्यसैले, मानव स्वास्थ्य, कृषि, पशु, वातावरण खाद्यलाई पनि सुधार गर्नुपर्ने अवस्था छ ।

नेपालजस्तो कम विकसित मुलुकहरुमा त यो झनै ठूलो चुनौतीको रुपमा आएको छ । किनकी हामीसँग उपचारका लागि राम्रो र सुलभ अस्पताल छैनन् । यहाँ अस्पतालबाट निस्किएका फोहोरलाई राम्रोसँग बिसर्जन गर्न पनि सकेको अवस्था छैन ।

अर्को कुरा हामीसँग पर्याप्त आर्थिक स्रोतको अभाव छ । हामीले उपचार गर्दा बिरामीलाई राम्रो एन्टिबायोटिक पर्याप्त दिनुपर्ने हुन्छ । संक्रमणलाई रोकथाम, नियन्त्रण गर्दाखेरिका उपायहरु राम्ररी गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीजस्तो कम विकसित मुलुकलाई यसको चुनौती झन् ठूलो हुन सक्छ भनेर प्रक्षेपण गरिएको छ ।

नेपालले सम्भावित यस महामारी नियन्त्रण र न्यूनीकरणका लागि केही काम सुरु गरेको छ तर पर्याप्त छैन । जस्तै सरकारको तर्फबाट अहिले मल्टिसेक्टोरल इन्गेजमेन्ट (मानवस्वास्थ्य, कृषि, वातावरण र खाद्य जोडिएर काम) भर्खरै भएको छ । जनचेतनाको कामहरु स्वास्थ्य मन्त्रालयबाट सुरु भएको छ । त्यस्तै अरू दातृ संस्थाहरुबाट पनि काम सुरु भइरहेका छन् ।

यहाँ सबैको फोकस भनेको जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोगलाई रोक्नु हो । औषधि डाक्टरको सल्लाहमा मात्रै खानुपर्यो । खाँदा पूर्ण डोज खानुपर्यो र समय पनि याद गर्नुपर्यो ।

अर्को कुरा सर्भिलियन्सको कुरा मानवमा, पशुमा, कृषिमा कस्तो छ ? भन्ने कुरालाई पनि जोड दिइएको छ । यस्तै, अब नेपालमा आवश्यक भनेको राष्ट्रिय रणनीति (२०२३ देखि २०२८) लागू गर्नुपर्नेछ । यो लागू भए एन्टिबायोटिक रेजिस्टेन्स विरुद्ध काम गर्न सहज हुनेछ ।

– एएमआर विज्ञ डा सन्तोष दुलालसँग गरेको कुराकानीमा आधारित

रातो पार्टीबाट साभार गरीएको

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.