Attariya Hospital Pvt.Ltd.

डेंगुबाट ३८ हजार व्यक्ति सङ्क्रमित

padma
milan sunchadi

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ।

मन्त्रालयअन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन्।

महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरे। हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना (शुन्य दशमलव ३ प्रतिशत) छन्।

Siddi ganesh

त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना, बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना, गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना, लुम्बिनी प्रदेशमा छ सय ५५ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जनामा सङ्क्रमण देखिएको छ।​जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत) सङ्क्रमित भएका छन्।

तनहुँमा चार हजार छ सय ५१ जना, झापामा तीन हजार पाँच सय ८१ जना, धादिङमा तीन हजार एक सय ३० जना, मोरङमा दुई हजार दुई सय ७४ जना, कास्की जिल्लामा एक हजार चार सय ८१ जना र काठमाडौँमा आठ सय दुई जना (दुई दशमलव एक प्रतिशत) सङ्क्रमित भएका छन्। अन्य जिल्लामा छ हजार ४४ जना डेङ्गुबाट सङ्क्रमित भएका छन्।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.