अत्तरिया – कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढी ,गोदावरी नगरपालिकाको अनुगमन समिति, उधोग वाणिज्य तथा उपभोत्ता हित निर्देशनालय धनगढी,ईलाका प्रहरी कार्यालय मालाखेती र अत्तरिया उधोग वाणिज्य संघले संयुत्त रुपमा बजार अनुगमन गरेका हुन् ।
अत्तरिया बजारमा रहेका किराना पसल,होटल,मेडिकल,मिष्ठान्न भण्डार,डेरी र डेन्टल गरी २६ ठाँउमा अनुगमन गरीएको आर्थीक विकास शाखा,आर्थिक विकास अधिकृत गोदावरी नगरपालिका आर्थीक विकास शाखाका आर्थिक विकास अधिकृत लोक बहादुर खड्काले बताएका छन् । अनुगमनका क्रममा किराना पसलबाट ८ हजार मुल्य बजार बराबरका म्याद गुज्रेका खाध वस्तु जफत गरिएको र अनुगमन समितिको रोहबरमा भोली नष्ट गरिने उनले बताएका छन् ।

गोदवरी नगरपालिकाकी उपप्रमुख एवम् अनुगमन समितिकी संयोजक शारदा देवी रोकायाले अहिले चाडवाडको बेला मात्रै नभई बजारमा समय समयमा अनुगमन गर्नुपर्ने भएपनी विविध कारणले नसकिएको बताईन् ।
उनले अखाध वस्तु बिक्रिकालागि नराख्न व्यवशायीलाई आग्रह गरेकी छन् । साथै उनले म्याद नाघेका वस्तु उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने हुँदा खरिद गरिएका खाध वस्तुको मिति हेरेर मात्रै उपभोग पनी उपभोत्तालाई आग्रह गरेकी छन् ।