मानव बेचबिखन नियन्त्रणमा पालिकाको भुमिकाका विषयमा गोदावरीका जनप्रतिनिधसंग छलफल

Image
maya metro

अत्तरिया – मानव बेचबिखन नियन्त्रणमा गरिएका प्रयासबारे कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधसंग छलफल गरिएको छ । महिला कानुन र विकास मञ्च (एफब्लूएलडी) ले बिहिबार गोदावरीमा एक कार्यक्रमको आयोजना गरी गोदावरीका जनप्रतिनिधि र कर्मचारीहरूसँग छलफल गरेको हो । छलफलमा आफ्नो प्रस्तुती राख्दै अधिवक्ता सतिश कुमार शर्माले पछील्लो समय मानव बेचबिखन तथा ओसारपसार डरलाग्दो रुपमा बढीरहेको बताए ।

उनले अंग प्रत्यारोपण,श्रम शोषण र यौन शोषण लगायतका उदेश्यले मानव बेचबिखन तथा ओसारपसार हुने गरेको पाईएको बताए । मानव बेचबिखन तथा ओसारपसार नियनत्रण गर्न तिनै तहका सरकार कार्यविधी बनाएर गम्भीरताकासाथ लाग्नुपर्ने बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले गोदावरी नगरपालिका पनी मानव बेचबिखनको जोखिममा रहेको बताईन् ।

nisarga

नजीकै रहेको खुल्ला सिमानाकाका कारण गोदावरी नगरपालिका जोखिममा रहेको उनको भनाई थियो । उनले मानव बेचबिखन तथा ओसारपसार नियनत्रणकालागि नगरपालिकाले नगर र वडा स्तरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति कार्यविधी निर्माण गरीएको बताईन् ।अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस र धनगढीमा रहेको दृष्टि फाउण्डेसन मार्फत जोखिममा परेका महिला तथा बालबालिकालाई सहयोग गर्ने गरिएको बताइन् ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले मानव बेचबिखन नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नको लागि लैङ्गिक हिंसा निवारण कोष स्थापना गरिएको बताइन् । विविध कारणले उत्त कोषलाई चलायमान बनाउन भने नसकिएको उनले बताईन् । कोषलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आगामी दिनमा पहल गर्ने उनले बताइन् । उपप्रमुख रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उत्त कार्यक्रमको सञ्चालन अधिवक्ता रेणु प्रधान श्रेष्ठले गरेकी थिईन ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत,विभीन्न शाखाका कर्मचारी लगायत सबै वडाका वडा अध्यक्षहरुको उपस्थीती रहेको थियो ।