Attariya Hospital Pvt.Ltd.

सर्वोच्चको आदेशपछि रिगललाई खोज्दै प्रहरी

padma
milan sunchadi

काठमाडौं – सर्वोच्चको आदेशलगत्तै रिगल भनिने योगराज ढकाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट पाएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि रिगललाई पक्राउ गर्न प्रहरी परिचाल गरिएको हो।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले रिगलको खोजी भइरहेको बताए। उनले सर्वोच्च अदालतको आदेशबमोजिम पक्राउ गरेर सम्बन्धित ठाउँमा बुझाउने बताए। ‘रिगललाई पक्राउ गर्न प्रहरी खटाइसकेका छौं। पक्राउ परेपछि सर्वोच्चको आदेशबमोजिम कारबाहीका लागि बुझाउँछौं,’ अन्नपूर्णसँग उनले भने।

राष्ट्रपतिले दिएको आममाफीविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गरिदिएको हो।

Siddi ganesh

सर्वोच्च अदालतले रिगल ढकाललाई बाँकी कैद सजाय कम गर्ने वा कट्टा गर्नेगरी भएको निर्णय समेत नेपालको संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको हक प्रतिकूल रहेको उल्लेख गरेको छ। प्रत्यर्थीहरूले यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्त र दिइएको आदेश अनुकूल काम कारवाही गरेको नदेखिएकाले संविधानको धारा १२८ को उपधारा (४) प्रतिकूल काम कारवाही भएको समेत देखिएको र यसका अतिरिक्त, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (५), फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ को त्रुटिपूर्ण रूपमा प्रयोग गरेको आदेशमा उल्लेख छ।

रिगल ढकाललाई कर्तव्य ज्यान मुद्दामा सुरु बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपूर, नेपालगञ्ज इजलासबाट हुने ठहर गरिएको जन्मकैदको सजायमध्ये भुक्तान गर्न बाँकी देखिएको ११ वर्ष, ११ महिना, पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्न सर्वोच्चले परमादेश जारीसमेत गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.