Attariya Hospital Pvt.Ltd.

जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारको एक करोड सहयोग

padma
milan sunchadi

धनगढी – जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड आर्थिक सहयोग गरेको छ। शनिवार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११:४७ मा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति सुदूरपश्चिम प्रदेश सरकारले दु:ख प्रकट समेत गरेको छ।

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्कसुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरि एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.