Attariya Hospital Pvt.Ltd.

रुकुम र जाजरकोटका भूकम्प प्रभावितलाई गोदावरीले एक लाख सहयोग गर्ने

padma
milan sunchadi

अत्तरिया – रुकुम र जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि कैलालीको गोदावरी नगरपालिकाले राहत स्वरूप एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

शनिबार नगर प्रमुख विरेन्द्र भट्टले विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेका हुन् । साथै आफुले पाउने दुई महिनाको सेवा सुविधा वाफतको रकम पनि भूकुम्प प्रभावितलाई उपलब्ध गराउने नगर प्रमुख भट्टले घोषणा गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ।

Siddi ganesh

पालिकाले यो दुखको समयमा सरकार, राजनैतिक दलहरु, संघ(संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न सबैलाई आग्रह गरेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.