

अत्तरिया – जाजरकोट भूकम्प प्रभावितहरुलाई सहयोग गर्न नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशले अनुरोध गरेको छ । नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशका संयोजक विरेन्द्र भट्टले जाजरकोट भूकम्प प्रभावितहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
भट्टले यो विपतको समयमा सुदुरपश्चिमका सम्पुर्ण नगरपालिकाहरुलाइ आ–आफ्नो तर्फबाट राहत र सहयोग गर्नका लागि हार्दिक अपिल गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाका प्रमुख समेत रहेका भूकम्प पीडितकालागि भट्टले नगरको तर्फबाट १ लाख सहयोगको घोषणा गरेका छन् भने आफ्नो दुई महिनाको सेवा सुविधा वाफतको रकम सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठुलो संख्यामा मानवीय क्षति भएको र सयौको संख्यामा घाइते भएको घटनाप्रति संघले दुःख व्यक्त गरेको छ ।
संघले भूकम्पमा परी घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै सोही भुकम्पमा परि ज्यान गुमाएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह लगायत सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
शुक्रवार राति ११ः४७ मा जाजरकोटको बारेकोट गाउपालिका वडा नं १ रामीडांडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
