Attariya Hospital Pvt.Ltd.

कैलालीको लम्कीका एक युवामाथि हतियार प्रहार

padma
milan sunchadi

धनगढी – कैलालीको लम्कीका एक युवामाथि हतियार प्रहार भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय युवा संघ नेपाल, लम्कीचुहाका अध्यक्षसमेत रहेका नहकुल बममाथि हतियार प्रहार गरिएको हो।

प्रहरीका अनुसार दुई समूहका युवाहरु बिच लम्की क्षेत्रमा झगडा हुने गरेको छ। शनिवार राति पनि युवाहरूको समूहका बिच झडप भएको हो। बम घाइते छन्।

उनको हातमा १४ वटा टाका लगाइएको छ। बमले उमेश शाहीसहित १५ जनाविरुद्ध जाहेरी दिएका छन्। आक्रमणकारीको खोजी भईरहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.