धनगढी – धनगढीमा भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा सेक्स टोयो र जेल बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका – १० स्थिति बनकट्टी घाटमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई लाख ४२ हजार मूल्य बराबरका ४८ पिस सेक्स टोयो र २८ पिस जेल बरामद गरेको हो ।
बरामद गरिएको सामाग्री जिल्ला प्रहरी कार्यालय कैलालीमा आबश्यक कार्बाहीको लागि राखिएको प्रहरीले जनाएको छ ।