Attariya Hospital Pvt.Ltd.

बाँसको लाठी प्रहार गरेर धनगढीमा पुरुषको हत्या,एकजना पक्राउ

padma
milan sunchadi

धनगढी – धनगढीमा एक पुरुषको हत्या गरिएको छ ।

धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा विद्यालय नजिकै बाँसको लाठी प्रहार गरेर स्थानीय ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँमा व्यापार गर्दै आएका कृष्ण सेट्टी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।

Siddi ganesh

सेट्टीले सोमवार दिउँसो मदिरा चोरी गरेको आरोपमा बाँसको लाठीले मृतक थापामाथि कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भएका थापालाई प्रहरीले नै घरसम्म पुगाएको थियो ।

प्रहरीकाअनुसार हत्या आरोपमा पक्राउ परेका सेट्टीले थापालाई बाँसको लाठीले कुटपिट गरेको कुरा स्वीकार गरका छन् । पसलबाट मदिरा चोरी गरेपछि दुई पटक बाँसको लाठीले प्रहार गरेको बयान उनले दिएका छन् । मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.