Attariya Hospital Pvt.Ltd.

कैलालीमा अदालतबाट चोरी

padma
milan sunchadi

कैलाली – कैलालीमा अदालतबाटै चोरी भएको छ। आइतबार राति १० बजेर २३ मिनेटमा अदालतको दक्षिणतर्फको झ्यालबाट चोरले प्रवेश गरेको अदालतको सिसिटिभी फुटेजमा देखिएको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए।

चोरी गर्ने अज्ञात एक जनाले करिब एक घण्टा कार्यालयभित्र बिताएको भिडिओमा देखिएको स्रेस्तेदार विष्टले बताए।

कार्यालय भित्रका विभिन्न फाँटबाट मुद्दाका मिसिल, पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली समेत चोरी भएको स्रेस्तेदार विष्टले बताए।

Siddi ganesh

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाका विषयमा जानकारी प्राप्त भएकोले चोरी गर्नेको खोजी भइरहेको छ। चोरी भएका मोबाइलहरू भने फेला परे पनि अन्य वस्तु र चोरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कुलदिप चन्दले जानकारी दिए।

कैलाली जिल्ला अदालतमा ६ वटा सिसिटिभी क्यामरा भए पनि पाँच वटा क्यामरामात्रै सञ्चालनमा छन्। एउटा क्यामरा बिग्रिएको छ।

चोरले क्यामरा र बत्ती नभएको ठाउँबाट भित्र प्रवेश गरेको देखिन्छ। कागजी मिसिल हुने हुनाले अदातलले के–के चोरी भयो भन्ने पूर्ण विवरण खुलाउन सकेको छैन। घटनापछि आइतबार अदालतमा नयाँ सुरक्षा टोली परिचालन गरिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.