

अत्तरिया – कैलालीको खुटिया नदीमा रहेको पुल जोखिममा परेको छ । हरेक वर्ष वर्षायाममा आउने बाढीले पुल सुरक्षित राख्न बनाएको कटअफ वाल भत्काउँदै जादाँ पुल जोखिममा परेको हो । पुल सुरक्षीत राख्नकालागि लगाईएको सम्पुर्ण कटअफ वाल बाढीले बगाईसकेको छ ।
स्थानीय करन बोगटीले पुरै कटअफ वाल बाढीले बगाईसकेको बताए । उनले पुरै कटअफ वाल बाढीले बगाईसकेकाले पुल असुरक्षीत बनेको बताए । गत वर्ष पुल मर्मतकालागि स्थानीयले आग्रह गरेपछी सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुल मर्मतकालागि १ करोड २४ लाखमा ठेक्का लगाएको थियो ।
२०८० असार २५ गते काम सम्पन्न गर्ने गरी ॐ विरभद्र कन्सट्रक्सन धनगढीले २०७९ फाल्गुनमा ठेक्का पाएको थियो । तर कम्पनीले समयमा निर्माण गर्न नसक्दा गत वर्षाकै बाढीले निर्माणधिन संरचना पनि भत्काईसकेको छ ।

काम सम्पन्न नगरेको र भएको काम पनि बिचैमा भत्किएपछी कम्पनीलाई भुत्तानी पनि नगरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी पियुष चटौतले बताएका छन् ।
त्यसपछी पुर्व पश्चिम राजमार्गका सबै ठुला पुल हेर्ने गरी सरकारले महाकाली पुल कार्यालयलाई जिम्मा दिएको छ ।
महाकाली पुल कार्यालय महेन्द्रका ईन्जीनीयर कपील पन्तले राष्ट्रीय राजमार्ग अन्र्तगत चिसापानीदेखी गड्डाचौकीसम्मका १७ ओटा पुलको काम चलीरहेको र केहि दिनमै महाकाली पुल कार्यालयको टोलीले खुटिया पुलको पनि अनुगमन गर्ने योजना रहेको बताएका छन् । अनुगमनपछि मर्मतको योजना बनाईने उनको भनाई छ ।
