Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट लागुऔषध सहित एकजना पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ५ गेटीबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने २८ वर्षीय नबिन चौधरी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शुक्रबार राति ८:३0 बजेको समयमा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी बिट गेटाबाट   खटीएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

शंका लागि चौधरीको शरिर र उनि बस्ने कोठा खान तलासी गर्दा प्लाष्टिकले बेरेको अवस्थामा ४ ग्राम २७० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र डिजीटल तराजु फेला पारी बरामद गरीएको प्रहरीले जनाएको छ ।

Siddi ganesh

चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.