माहान चाँड दशैले नछोएका मष्टाका भुकम्प पिडीतलाई तिहारले छोयो

Image

बझाङ: मष्टा गाउँपालिका वडा नम्बर ४ का पुरन फराडाको घरमा १३ जनाको परिवार संख्या छ । चुहिने छानो बाट छुटकारा पाउने आसाले उनका ४ जना दाजुभाई मिलेर २ बर्ष अघि मात्रै २ वटा घर निर्माण गर्योे । घर निर्माण गर्दा लागेको खर्च अझै तिर्न बाँकी छ । ३ जना दाजु भाई त्यहि घर निर्माण गर्दा लागेको खर्च ऋण तिर्न अहिले पनी भारतमा मजदुरी गरी रहेका छन् ।

उनिहरुले घर भित्र एक बास सुत्न पनी पाएका छैनन् । घर भित्र सुत्ने सपना उनिहरुको सपनामै सिमित बन्न पुगेको छ । असोज १६ गते गएको भुकम्पका कारण २ वटै घर क्षदविच्छेद बनाईदियो । यस बर्षको दशै परिवार संगै मनाउने सपना बोकेर भारतमा मजदुरी गर्न छोडेर घर पुगेका पुरन फराडालाई यस बर्षको दशै आफुहरुका लागी दशै बनेर नभई दशा बनेर आएको अनुभुती भयो । खाई नखाई लगाएका २ वटै घर भुकम्पले भत्काएपछी उनको परिवारको त्रिपाल मुनिको बास भयो । उनको परिवारले दशै मनाउनै पाएनन् ।

उनको परिवारलाई दशैले छोएन । लगाउन र खानलाई पनी समस्या झेल्दै आएका उनको परिवारलाई तिहारले भने छोएको पुरन फराडा बताउन्छन् । उनले भने ‘भएको सानो तिनो अन्न, लत्ता कपडा सबै भुकम्पले लग्यो । राहातका रुपमा पाएको त्रिपाल मात्रै थियो । त्यसैमा रात विताई रहेका थियौँ । दशै मनाउने खर्चपनी थिएन । दशै मनाउन पनी सकिएन । तिहार पनी त्यस्तै हुन्छकी भन्ने सोचेका थियौ । तर मष्टा गाउँपालिकाको समन्वयमा डी.सि.ए.नेपालको आर्थिक सहयोग र एन.एन.एस.डब्लु.ए.को साझेदारीमा म जस्ता भुकम्प पिडीतलाई प्रति परिवार १५ हजार नगद उपउपलब्ध गराएपछी तिहार मनाउन पाउने भएका छौ । यसले हामीलाई ठुलो राहात पुगेको छ । साँच्चै सानो सहयोग भएपनी मन खुःसि उत्पन्न भएको छ’।

उनको जस्तै मष्टा ४ कै कृष्ण प्रसाद उपाध्यायको पनी ११ जनाको परिवार संख्या छ । उनको पनी भुकम्पले घर पुर्ण रुपमा क्षती गरेपछी यस बर्षको दशै मनाउन सकेनन् । तर उनको परिवार अहिलेको तिहार भने मनाउने सोचमा छन् । मष्टा गाउँपालिकाले समन्वय गरेर उनको परिवारलाई पनी १५ हजार नगद उपलब्ध गराएपछी, उनको परिवार समेत तिहार मनाउने सोचमा रहेको उपाध्याय बताउन्छन् । हाम्रो आर्थिक अवस्था कमजोर छ । पालिकाले हामीहरुलाई कहिले राहात स्वरुप कम्बल, त्रिपाल दिएर कहिले यसरी नगद दिएर सहयोग गरी रहेको उनले बताए । अझै घरलाई पुन निर्माण गरीदिए हामी जस्ता गरीबका लागी सबै भन्दा ठुलो कुरा हुने र अरु केही पनी नचाहीने उनले बताए ।

उनी मात्रै नभई मष्टा गाउँपालिकाका नगेन्द्र फराडा समेत तिहारका लागी पालिकाले उपलब्ध गराएको नगदले तिहारमा चाहिने आवष्यक सामाग्री बजार बाट खरिद गरेर घर फर्कीएका छन् । उनले भने, ‘बसाई त्रिपाल मुनि भएपनी बर्षमा एक पटक आउने दशै आर्थिक नभएकै कारण बनाउन सकिएन । तिहार पनी त्यस्तै खल्लो हुन्छकी भन्ने चिन्ता लागेको थियो । तर मष्टा गाउँपालिकाले समन्वय गरेर सहयोगि दाताहरुलाई खोजेर भएपनी नगद दिने वातावरण बनाईदिएपछी मैले मात्रै नभई पालिका भरीका भुकम्प पिडीतहरुको तिहार राम्रो हुने र सबैले तिहार बनाउने सुनाए ।’


मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले भुकम्प पिडीतहरुको घाउमा मलम लगाउनका लागी पालिकाले समन्वय गरेर डी.सि.ए.नेपालको आर्थिक सहयोग र एन.एन.एस.डब्लु.ए.को साझेदारीमा प्रतिपरिवार नगद १५ हजार उपलब्ध गराएको बताए । उनले भने ‘पालिका भरीका ४ सय १० परिवारले १५ हजारको दरले जम्मा ६१ लाख ५० हजार रकम हामिले स्वयम् पिडीतहरुलाई नै उपलब्ध गराएका छौ । पालिका संग आयस्रोत नभएपनी हामीहरु विभिन्न निकाय संग समन्वय गरेर भुकम्प पिडीतहरुलाई सहयोग गर्ने जमर्कोका साथ रातदिन नभनेर लागी परेका छौ । दशै अघि नै यो कार्यक्रम गर्न सकीन्छ की भनेर लागेका थियौ ।

तर सकीएन , दशै राम्रो संग बनाउन नसकेपनी यहाँका भुकम्प पिडीतहरुले तिहार राम्रो संग बनाउन पाउने छन् भन्ने आशा छ । यहि उदेश्यले पनी नगद हस्तान्त्रण गरेको हो । पालिकाले अझै विभिन्न सहयोगिदाताहरु संग समन्वय र सहकार्य गरी भुकम्प पिडीतहरुलाई सहयोग गर्ने उदेश्यले काम गरी रहेको बताए । उनले मष्टा गाउँपालिकालाई सहयोग गर्ने डी.सि.ए.नेपालको र एन.एन.एस.डब्लु.ए.लाई समेत धन्यबाद ज्ञापन गर्नु भयो’। पालिका भरी ४ सय ८६ घर पुर्ण रुपमा क्षती भएको र पालिका भरीका ८० प्रतिशत घर आंशिक क्षती पुगेको पालिकाको तथ्याङ्कमा उल्लेख छ ।