Attariya Hospital Pvt.Ltd.

कञ्‍चनपुरमा जिप र मोटरसाइकलले ठक्कर दिदाँ दुई पैदलयात्रीको मृत्यु

padma
milan sunchadi

कञ्चनपुर: कञ्‍चनपुरमा जिप र मोटरसाइकलले ठक्कर दिदाँ दुई पैदलयात्रीको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–३ मा आइतबार साँझ म १ च ४१५ नम्बरको जिपको ठक्करबाट सोही ठाउँका ६३ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो।

हुलाकी सडक खण्डको कान्छी बजार नजिकै तामाङलाई जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

घटनापछि जिप र चालक प्रहरीको नियन्त्रणमा छन्। यस्तै आइतबार राति ८ बजेतिर कञ्चनपुरकै दोधारा चाँदनी नगरपालिका–४ को सडकखण्डमा यूए ०४ सी १३०६ नम्बरको इन्डियन मोटरसाइलले ठक्कर दिँदा सोही ठाउँका ५५ वर्षीय झुसे बोहराको मृत्यु भएको छ।

Siddi ganesh

मोटरसाइलको ठक्करबाट गम्भीर घाइते बनेका बोहराको उपचारको क्रममा राति मृत्यु भएको डिएसपी डाँगीले जानकारी दिए। उनका अनुसार घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.